Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

कुकुर तिहारः हत्या अनुसन्धानमा सघाएको टाइगर बन्यो ‘सर्वोत्कृष्ट कुकुर’, प्रहरीद्वारा सम्मान

काठमाडौंको महाराजगञ्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा कुकर तिहार मनाइएको छ । विभिन्न अपराधका घटनाहरूको अनुसन्धानमा सहयोग पुर्‍याएका  तालिमप्राप्त कुकुरहरुलाई पुजा गरी  कुकुर तिहार मनाइएको छ ।

यस पटक हत्या घटनाको अनुसन्धानमा सघाएको ‘टाइगर’ नामको कुकुर ‘सर्वोत्कृष्ट प्रहरी कुकुर’ घोषित भएको छ ।टाइगर जर्मन शेफर्ड जातको भाले कुकुर हो । उसले डेढ वर्षदेखि अपराधी खोजी तथा पहिचानको काममा प्रहरीलाई सघाउँदै आएको छ ।

तालिम केन्द्रमै भएको रनिङ प्रतियोगितामा पनि टाइगर प्रथम भएको थियो । हाइजम्पमा रोज र बाधापार प्रतियोगितामा रोय प्रथम भए । उनीहरूलाई बिहीबार आयोजित कार्यक्रममा सम्मान गरिएको छ ।

तालिम केन्द्रमा हरेक वर्षको कुकुर तिहारमा विशेष समारोह गरी अनुसन्धानमा सघाउने कुकुरहरूको पूजा गरिन्छ ।