प्रधानमन्त्री भन्छन् - उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेले
प्रधानमन्त्री केपी ओलीविरुद्ध रङ्गशालामा मुर्दावादको नारा लागेको छ । साफ महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग नेपाल पराजित भएपछि आक्रोशित भएका दर्शकले प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाएका हुन् । आक्रोशित दर्शकले केपी ओली मुर्दावाद, केपी ओली पनौती लगायतका नारा लगाएका थिए ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले अब टोलीको मेहनत अर्को खेल जित्नेगरी हुने समेत बताएका छन् । बुधवार भएको साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो ।
‘साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले । हाम्रो मेहनत अब अर्को खेल जित्नेगरी हुनेछ । धन्यवाद नेपाली टोली’, ओलीले लेखेका छन् ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । प्रधानमन्त्री आफैँ नेपाल र बंगलादेशबिचको खेल हेर्न रंगशाला पुगेका थिए ।