Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दिपावलीको अवसरमा पटाका पड्काउँदा बालकको मृत्यु

दिपावलीको अवसरमा पटाका पड्काउँदा एक जना बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दैलेखको आठविस नगरपालिका–३ साई गाउँका भीमबहादुर कठायतका १३ वर्षीय छोरा भुपेन्द्र कठायत छन् ।

रकेट बम पटाका पड्किएर बमको छर्रा दायाँ छातीमा लाग्दा उनको मुटुमा असर पर्न गई मृत्यु भएको प्रहरीले बताएको छ।

 कठायतको भारतमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) सुनिल दाहालले बताए ।