तिहारको धनतेरसको दिन नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ ।
आज मंगलबार एकै दिन सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो भाउ अहिलेसम्मकै उच्च हो । यसअघि अस्ती गएको आइतवार सुन तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।
आज चाँदी ४० रुपैयाँले बढेर तोलाको दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । विशेष गरी तिहारको धनतेरसका दिन सुनचाँदीलगायत अन्य धातुको सामग्रीको किन्ने चलन छ ।