Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दिल्ली उड्न लागेको एयर इण्डियाको जहाजमा बम रहेको सूचना आएपछि...

काठमाडौंबाट दिल्ली फर्किने तयारीमा रहेको भारतीय वायुसेवा एयर इण्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएपछि जहाजमा बसिरहेका यात्रुहरूलाई ओरालेर जाँच गर्न थालिएको छ ।

एआई २१६ उडान नम्बरको यो विमानबाट दिल्ली जाने ५५ नेपालीसहित १५८ यात्रु रहेका छन् । बमको सूचनापछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन् । बमको हल्लाका कारण उक्त जहाज नजिकै रहेको हिमालय एयरलायन्सको विमानलाई हटाइएको विमानस्थल स्रोतले जानकारी दिएको छ । 

सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि जहाजलाई नियन्त्रणमा लिएको थिए । दिल्लीमा रहेको एयर इण्डियाको कार्यालयबाट काठमाडौं विमानस्थललाई बम रहेको खबर आएको स्रोतले जनायो ।

‘उता कुनै समूहले काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको खबर गरेको रहेछ । हाम्रो सुरक्षा निकायले उक्त विमानलाई प्रोटोकल अनुसार जाँच गर्न थालेका छन् ।’