Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

नेपाली सेनाका सिपाही काठमाडौंबाट पेस्तोलसहित पक्राउ

पेस्तोलसहित नेपाली सेनाका एक सिपाही काठमाडौंबाट पक्राउ परेका छन्। दैलेखको भगवतीमाई गाउँपालिका–७ का २४ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरेको हो।

उनी काठमाडौंको रानीवारीबाट पक्राउ परेका प्रहरीले जनाएको छ। प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल बरामद गरेको हो।

खड्कामाथि अनुसन्धान गर्दै जाँदा उनी सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही रहेको खुलेको प्रहरीले जनाएको छ।