सरकारले नेपाल सरकारको प्रशासन सेवाका अधिकृत रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ ।
विहीबारको मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो । बढुवा भएपछि उनलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गरिएको छ ।
उनी यसअघि पनि सोही कार्यालयमा कायममुकायम प्रमुख सचिवको रूपमा कार्यरत थिए ।