Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

सूर्यदर्शन सहकारी प्रकरणः नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–३ पानीपोखरीबाट एक जनालाई शुक्रबार पक्राउ गरेको सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाल रहेको उनले जानकारी दिए ।

उनी नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालन एवं शेयरधनी रहेको एसपी बोगटीले जानकारी दिएका छन् । खनाललाई सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि पक्राउ गरिएको हो । 

खनाललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइसकेको एसपी बोगटीले बताएका छन् ।