Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

मनकामना जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना: ११ घाइते, दुई जना गम्भीर (नामावली)

काठमाडौंबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । पारिवारिक भ्रमणमा निस्किएका यात्रु बोकेको बागमती प्रदेश ०१–०३०–च ७६५९ नम्बरको विद्युतीय माइक्रोबस धादिङको थाक्रे गाउँपालिका–६ स्थित १० किलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते हुनेमा चालक दोलखा, गौरीशंकर गाउँपालिका–३ बस्ने वर्ष ३० को गंगाबहादुर बस्नेत (टाउको र हातमा चोट, अवस्था सामान्य) छन् ।

यस्तै माइक्रोमा सवार रामेछाप घर भई भक्तपुर, चागुनारायण नगरपालिका–१ बस्ने वर्ष ७० की केदारकुमारी श्रेण्ठ (कम्मरमा चोट, सामान्य), सोही स्थानका ४२ वर्षकी राधिका कटुवाल (करङमा चोट, अवस्था सामान्य), सोही स्थानका  ४२ वर्षका कुमार कटुवाल (ढाड र छातीमा चोट, मध्यम), १२ वर्षका विवस कटुवाल (मुख, शरीर अन्य भागमा चोट, अवस्था सामान्य) रहेको धादिङ प्रहरीले जनाएको छ ।

यस्तै, १५ वर्षका सुरज श्रेष्ठ (शरीरको विभिन्न भागमा चोट, अवस्था सामान्य), १६ वर्षकी विनिता कटुवाल (बाहिरी चोट नभएको, अवस्था सामान्य), सोही स्थानका ३९ वर्षकी संगीता श्रेष्ठ (निधार र कम्मरमा चोट, अवस्था सामान्य), ४० वर्षकी नारनबहादुर श्रेष्ठ (टाउको र दाहिने हात तथा शरीरको विभिन्न भागमा चोट, मध्यम) छन् ।

सोही स्थानका १० वर्षका सुदीप श्रेष्ठ (दाहिने खुट्टा कम्मरमा चोट, (अवस्था सामान्य) र ४५ वर्षको नारायण दास श्रेष्ठ (निधार ढाड र टाउकोमा चोट, बोल्न सक्ने, मध्यम) रहेको प्रहरीले जनाएको छ । घाइते सबैको महादेवबेंसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु एउटै परिवारको रहेको बताइएको छ । दुर्घटनाको कारण तथा यात्रुको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।