Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

जिल्ला होटल व्यवसायी संघ काठमाडौंको छैठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा सुरेश बराल निर्वाचित

जिल्ला होटल व्यवसायी संघ काठमाडौंको छैठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन अनुपम फुडल्याण्ड गौशालामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको अध्यक्ष शैलेश कुमार कार्कीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथी बागमति प्रदेशका सभामुख भुवन कुमार पाठकले गरेका थिए ।

उक्त कार्यक्रम बिशिष्ट अतिथीको रुपमा होटल व्यवसायी महासंघ नेपालका महासचिव शंकर भण्डारी र बिशिष्ट अतिथी होटल तथा पर्यटन व्यवसायी संघ बागमति प्रदेशका अध्यक्ष दामोदर नेपाल र अतिथीहरुको रुपमा लोकतान्त्रिक होटल व्यवसायी संघ नेपालका अध्यक्ष लिला प्रसाद ढकाल, नेपाल राष्ट्रिय होटल व्यवसायी संघ अध्यक्ष पदम लिम्बु, काठमाण्डौमा रहेका सात वटा ईकाई अध्यक्षहरु र सामुदायिक सेवा केन्द्र गंगबु बरिष्ठ उपाध्यक्ष दिपक बानिया समाज उत्थान महिना मञ्च अध्यक्ष जानुका नेपाल रहेका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रदेश अध्यक्षले व्यवसाय मर्यादित र व्यवस्थित गर्न र ग्राहकलाई ठगि नगर्न आग्रह गर्दै कोहि भाईरल हुने बहानामा व्यवसायी माथी आतङ्क नमच्याउन पनि आग्रह गरे ।

WhatsApp Image 2024-10-25 at 12.49.35_3344ecc8.jpg

उक्त कार्यक्रममा महासंघका महासचिवले राज्यले सेवामूलक क्षेत्रमा भ्याटको दर कम गर्न, प्यानमा रहेर गर्न पाउने कारोबार को सिमा बृद्वि गर्न, होटल व्यवसायमा सेवा को मूल्य लिईने हुँदा MRP जस्ता आतङ्कहरू बन्द गर्न सरकारसँग आग्रह गरे।

सभाका प्रमुख अतिथि बाग्मती प्रदेशका सभामुखले नजिकको दुईवटा छिमेकमा विश्वको आधा जनसङ्ख्या छ, हामिसँग प्रसस्त पर्यटकिय, धार्मिक स्थलहरू छन्, हामिले प्रचार प्रसार गरेर पर्यटन क्षेत्रमा राम्रो गर्न सकिने हुँदा सोहि अनुसार लाग्न होटल व्यवसायीहरूलाई आग्रह गरेका थिए। काठमाडौंमा रहेका सातवटै ईकाई अध्यक्ष तथा जिल्ला होटल व्यवसायी संघ काठमाडौंका सल्लाहकारहरू, प्रदेश अध्यक्ष , महासंघका महासचिव र अन्य बरिष्ठ व्यवसायीहरूको बिशेष तदरूकतामा कार्यसमिती छनोट सर्वसम्मत चयन गरिएको थियो ।

उक्त कार्यक्रमका अध्यक्ष शैलेश कार्किले आफ्नो कार्यकाललाई उत्कृष्ठ बनाउन सहयोग गर्नुहुने सम्पूर्ण कार्यसमिती, ईकाई अध्यक्ष तथा ईकाई परिवार, प्रदेश र महासंघलाई हार्दिक धन्यवाद व्यक्त गरे साथै यस संघको संस्थापक अध्यक्ष पनि भएको र संघले छैठौ बार्षिक साधारणसभा सफलता पूर्वक सम्पन्न गरेकोमा खुशि व्यक्त गरे ।

कायृक्तमको स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष सुरेश बराल र कार्यक्रम सञ्चालन महासचिव बिष्णु प्रसाद घिमिरेले गरेका थिए । उक्त साधारण सभाबाट नयाँ कार्यसमिति चययन गरिएको थियो । उक्त नवनिर्वाचित कार्यसमिति यस प्रकार रहेको छ ।


नवनिर्वाचित कार्यसमिती
अध्यक्ष श्री सुरेश बराल,
बरिष्ठ उपाध्यक्ष श्री भविश्वर दुबे
उपाध्यक्ष श्री जितेन्द्र गिरी
उपाध्यक्ष श्री मनोहरी कंडेल
उपाध्यक्ष श्री बिष्णु प्रसाद घिमिरे
उपाध्यक्ष श्री महेन्द्र राई
उपाध्यक्ष श्री कुमार श्रेष्ठ
उपाध्यक्ष श्री बिष्णु प्रसाद उपाध्याय
महासचिव श्री शैलेन्द्र विक्रम थापा
उप-महासचिव श्री शिवलाल गिरी
सचिव श्री लाल बहादुर बानिया (अनिश)
सचिव श्री देवकी भण्डारी
सचिव श्री हरि प्रसाद अर्याल
सचिव श्री जयलाल श्रेष्ठ
कोषाध्यक्ष श्री शालिकराम थापा
सह कोषाध्यक्ष श्री लेखनाख खराल
सदस्य (खुल्ला) श्री नुमाकान्त पाठक
सदस्य (खुल्ला) श्री कप्तान अधिकारी
सदस्य (खुल्ला) श्री नविन अधिकारी
सदस्य (खुल्ला) श्री सन्तोष पौडेल
सदस्य (खुल्ला) श्री खेमराज उप्रेति
सदस्य (खुल्ला) श्री माधव प्रसाद गौतम
सदस्य (खुल्ला) श्री शेर बहादुर बिष्ट
सदस्य (खुल्ला) श्री शारदा खड्का
सदस्य (खुल्ला) श्री दिल बहादुर क्षेत्री
सदस्य (समावेशी) श्री तिलक श्रीपाली
सदस्य (समावेशी) श्री ललित बहादुर श्रेष्ठ
सदस्य (समावेशी) श्री रेनुका यस्को लिम्बु
सदस्य (महिला) श्री सुजता तामाङ्ग
सदस्य (महिला) श्री अप्सरा थापा