Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

अरिङ्गालले टोक्दा युवकको मृत्यु

अरिङ्गालले टोकेर पाँचधरको फिदिममा एक युकको मृत्यु भएको छ ।

अरिङ्गालले टोकेर बिरामी भएका फिदिम नगरपालिका–६ सिवाका मानबहादुर तुम्रोकका २६ वर्षीय छोरा शुभराजको तुम्रोकको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार साँझ जंगलमा रहेको अरिङ्गाल झार्ने क्रममा शुभराजलाई अरिङ्गालले टोक्दा घाइते भएका थिए ।

अरिङ्गालले टोकेर सिकिस्त भएका उनको बिहीवार घरमै मृत्यु भएको हो । अरिङ्गालको टोकाइबाट सिकिस्त शुभराजलाई गाउँकै एक मेडिकलमा उपचार गरेर घरमै राखिएको थियो ।

अवस्था गम्भीर बनेपछि उपचारका लागि फिदिम ल्याउने तयारी भइरहेको बेला बिहीवार घरमै उनको मृत्यु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।