राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको डीएसपी ईश्वर थापाले जानकारी दिए ।
मृत्यु हुनेमा लमही-२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, सोही स्थानकी १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका-४ खडकपुर घर भई लमही५ मा बस्ने १२ वर्षीया कृष्टी चौधरी छन् । उनीहरु बिहीबार अपराह्न सवा ३ बजे राप्तीमा नुहाउन गएका थिए ।
नुहाउने क्रममा बगाएको हो । तीनै जना बालिकाको शव पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।