Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

कलंकीको गेष्ट हाउसमा युवती मृत फेला

काठमाडौँको कलङ्कीस्थित गण्डकी गेष्ट हाउसमा एक युवती मृत भेटिएकी छन् । 

काठमाडौँ महानगरपालिका–२१ जैसीदेवल घर भएकी २९ वर्षीया कञ्चन गौतम गेष्ट हाउसको कोठा नम्बर–२०३ मा मृत फेला परेकी हुन् ।

मृतकले क्युटिपिम आर–३०० नामको ७० ट्याब्लेट औषधी सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानबाट औषधीको ओभरडोजबाट मृत्यु भएको देखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

असोज ५ गते साँझ उनी सो गेष्ट हाउसमा बस्न गएकी हुन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।