Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

उपराष्ट्रपति यादव अस्पताल भर्ना, के भयो?

उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । 

हर्नियाको शल्यक्रियाका लागि उनी मङ्गलबार साँझ अस्पताल भर्ना भएका हुन् । उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ ।

उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए । उनको शल्यक्रिया प्राध्यापक डा‍. रमेशसिंह भण्डारी र सहप्राध्यापक डा. सुमिता प्रधानले गर्नेछिन् ।