नेपाल सरकारले ४० जना सहसचिवहरूको सरुवा गरेको छ । कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवहरूको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उक्त सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र सरकारी निकायहरूमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेकोमा सूची अन्तिम रूप भने आज मात्रै टुंगो लागेको हो ।
कर्मचारीको सरुवा नियमित प्रक्रिया अन्तर्गत पर्ने भए पनि पछिल्लो समय यस्तो नहुँदा सबैको चाँसो बढ्दै गएको छ । स्थायी सरकार समेत भनिने कर्मचारी यन्त्र विधि र मूल्य–मान्यता भन्दा बाहिर गएर चल्न थालेसँगै सरकारदेखि सर्वसाधारण नागरिकसम्म प्रभावित हुँदै आएका छन् ।
हेर्नुस् सूची