इलामका दीप्सन काफ्ले उमेरले ६ वर्षका भए । उनको उमेर ६५ किलोग्राम छ । सामान्य मानिसको उमेर छ वर्षमा १५ देखी २२ वर्षको हुनुपर्ने बताइन्छ । तर उनको सानै उमेरमा वढि तौल छ ।
तौल वढि भएकै कारण उनलाई दैनिकीमा समस्या छ । बाहिर भित्र गर्न नै उनलाई समस्या भइरहेको छ । विद्यालय जान पनि उनलाई अभिभावकको साथ चाहिन्छ ।
जन्मदाँ उनको तौल तीन किलो ग्राम थियो । तर जन्मिएको एक महिना पछि उनको तौल असामान्य तरिकाले बढेको आमा निर्मला अधिकारी काफ्लेले बताइन् । मोटोपन भएकै कारण सामान्य हिँडडुल गर्दा पनि पसिना आउने र स्वास्प्रस्वास बढ्ने गरेको परिवारको भनाइ छ । तौल बढीभएकाकारण बोकेर हिँडडुल गराउन समेत नसकीने आमा निर्मलाले बताइन् ।

दिप्सनका बुबा हाल बैदेशिक रोजगारीमा छन् । घरको काम सहित दुईवटा छोरा पढाएर आमा इलाम नगरपालिका बरबोटेमा बस्दै आएकी छन् । बुबा सीताराम र आमा निर्मलालाई छोरा अस्वभाविक रुपमा मोटाउँदै गएकोमा पीर छ ।
कुनै रोगका कारण मोटोपन भएको हो कि भनेर सो परिवारले नेपालका बिभिन्न अस्पताल सहित भारतको सिलिगुढीसम्म गएर छोराको उपचार गराए । तर चिकित्सकले कुनै रोग नभएको भन्ने गरेको आमा निर्मलाले बताइन् । जन्मिएको एक महिनादेखि नै अस्वभाविक रुपमा तौल बढ्न थालेपछि विभिन्न अस्पतालमा जाँच गराउन पुर्याएको तर उपचार नलागेको आमा निर्मला अधिकारी बताइन् ।
परिवारको आर्थिक अवस्था समेत सामान्य रहेकाले सो परिवारलाई समस्या छ । घरमा भएकी आमाले ढुक्कै जसो छोरालाई हेरचाह गर्नु पर्ने गरेको छ । विद्यालय पुर्याउन र ल्याउन समेत एक जना ढुक्कै लाग्नु पर्ने भएकाले बाहिरको काम गर्न नसकेका कारण थप समस्या भएको आमाले बताइन् ।

स्वास्थ्य बच्चाको सो उमेरमा करिव २० किलो तौल हुनु पर्ने चिकित्सकहरुले भनाइ छ । १ वर्षमा बच्चाको तौल ९ दशमलव २ किलो ग्राम हुनुपर्ने बताइएको छ । त्यस्तै दुई वर्षको बच्चाको तौल बच्चा १२ किलो, ३ वर्षको बच्चाको तौल १४ दशमवल २ किलोग्राम हुनुपर्ने बताइएको छ । ४ वर्षको बच्चाको तौल १५ दशमलव ४ किलोग्राम हुनुपर्ने बताइएको छ भने ५ वर्षको बच्चाको तौल लगभग १७ दशमवल ९ किलोग्राम हुनुपर्ने चिकित्सकहरुको भनाइ छ ।
६ वर्षको बच्चाको तौल १९ दशमलव ९ किलोग्राम हुनुपर्ने चिकित्सकको भनाइ छ । तर उनको तौल हाल उमेर अनुसार तीन गुणा वढि भएको बताइएको छ । कोही कसैलाई यस्तो के कारणले उमेर भन्दा वढि तौल बढ्छ या कहाँ उपचार हुन्छ भन्ने थाहा छ भने कृपया जानकारी गराइदिनुहुन परिवारको आग्रह छ ।
भिडियो: