जनकपुरधाम विमानस्थलमा दुई बर्ष कार्यकाल सकाएका विमानस्थल प्रमुख भिमदत्त पन्तलाई एक समारोहबीच विदाई गरिएको छ । जनकपुरधामको रामानन्दचोकमा रहेको होटेल परफेक्ट प्लाजाका सँचालक प्रदीप कुमार साहद्वारा प्रमुख पन्तलाई विदाई गरिएको छ भने विमानस्थलका नयाँ प्रमुख तेज बहादुर बुर्ज थापालाई स्वागत गरिएको छ।
पन्त जनकपुरधाम विमानस्थलको प्रमुखको रुपमा कार्यभार सम्हाल्दा उनले जनकपुर विमानस्थलमा फेन्सिङ बात हामफालेर घाँस काट्ने व्यक्तिहरूलाई पूर्णरुपमा बन्द गरेको हो ।

वन्यजन्तु नियन्त्रण गर्न डिभिजन बन कार्यालय र जिल्ला पसुसेवा कार्यालय का अधिकारी सेना को अधिकारी हरू सँग समन्वयकारी गरी नियन्त्रण गर्ने कार्य गरेर व्यवस्थापनलाई सुदृढ बनाएका प्रमुख पन्तले कार्यालय परिसर विमानस्थल क्षेत्रको सरसफाई निमियत गरी विमानस्थललाई नयाँ पहिचान दिलाउन सफल भए। सरसफाई फोकल व्यक्ति तोकी सरसफाईको गुणस्तरमा वृद्धि गरिएको हो ।
पन्तले आफ्नो दुई बर्षे कार्यकलमा हवाई सुरक्षा मापदण्ड कायम गरी उडान सञ्चालन गरेको, यात्रुसेवालाई महत्त्व दिदै सेवा ,सुविधामा बढोत्तरी गरेको र विमानस्थलमा कार्यरत साझेदार सस्थाहरुसंग नजिकको समन्वय गरी कार्य सम्पादन गरेका प्रमुखको रुपमा चिनिन्छ ।

जनकपुरधाम क्षेत्रको पर्यटकीय क्षेत्र भ्रमणको लागि आउने आगन्तुक, पाहुना, विदेशी पयर्टकको रोजाईमा परेको होटेल परफेक्ट प्लाजाको आयोजनामा भव्य समारोह गरिएको सँचालक साहले जानकारी दिए ।
विदाई तथा स्वागत समारोहमा विमानस्थलका लेखा प्रमुख सूर्य राम वाला, सँतोष महतो, बुद्ध एयरका स्टेशन म्यानेजर विजय प्रसाद सिँह, नेपाली सेना महेन्द्रनगर गणका कर्णेल प्रमुभराम महतको विशेष उपस्थिति रहेको थियो भने एयरपोर्टका कर्मचारी, पत्रकार र समाजसेवीहरु समेत सहभागीता जनाएका थिए ।
