स्याङ्जाको एक घरमा बम विष्फोट हुँदा एक जना घाइते भएका छन् । स्याङजा चापाकोट नगरपालिका–४ पुरीगाउँमा आफ्नै घरमा बम विष्फोट हुँदा ४५ वर्षीय गोबिन्द पुरी घाइते भएका हुन् ।
उनी नेपाली सेनाबाट दुई वर्षअघि अवकास भएका थिए । शनिबार बेलुका ३ तले कच्ची घरको दोस्रो तलामा पुराना भाडावर्तनहरु फाल्ने क्रममा अचानक सकेटबम बिष्फोट भएको उनको भनाई छ ।
घरमा सामान्य क्षति भएको र गोबिन्द पुरीको बाँया आँखा भन्दा मुनी, बाँया खुट्टा र नाईटो भन्दा तल चोट लागेको प्रहरीले जनाएको छ ।विष्फोटबाट घाइते पुरी अहिले प्रहरीको नियन्त्रणमा छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी अधिकृतसहितको सोको टोली र सिंह सार्दुल गुल्म स्याङ्जाबाट बम डिस्पोजल टोली घटनास्थल गएर मुचुल्का गरेको छ ।