Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पोखरामा रास्वपा कार्यकर्तामाथि पानीको फोहरा र अश्रुग्यास प्रहार (फोटो/भिडियो)

सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताहरूमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास हानेको छ ।

Pokhara-Protest-Rabi-Lamichhane2024-10-20-14-33-13.jpg

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता–कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको हो । पार्टीका सभापति रवि लामिछानेलाई ‘राजनीतिक प्रतिशोध’ मा समातिएको भन्दै रास्वपाका नेता–कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् ।

Photos (5).jpeg

निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो ।

Photos (1).jpeg

जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

Photos (2).jpeg

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ ।

Photos (2).jpg

त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

भिडियो: