Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य २८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार, कावासोती–१ बालुवाडाँडास्थित भित्री सडक खण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जिप दुर्घटना भएको हो ।

अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ । घाइतेलाई  नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको छ ।

क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन ।