Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

टिपर दुर्घटनामा चालकको मृत्यु

दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

बंगलाचुली गाउँपालिकामा गए राति रा १ ख १८५७ नम्बरको टिपर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा टिपर चालक दाङकै गढवा गाउँपालिका–७ निवासी प्रभु चौधरीको मृत्यु भएको छ ।

चुनढुँगा लिन जाँदै गरेको टिपर घोराही–तापा सडक खण्डमा पर्ने जुम्लेपानीमा  सडकबाट करिब एकसय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

दर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।