Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

काठमाडौंको गोकर्णेश्वरमा प्रतिक्षालयमै पुरुषको शव

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत भेटिएका छन् ।

नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत भेटिएका हुन् । प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।