भारतको केरलामा सर्पले डसेर नेपाल इलामका एक युवाको मृत्यु भएको छ ।
इलामको सूर्योदय नगरपालिका–१४ भुतेनी टोलका २९ वर्षे मनकुमार योङहाङ सर्पले डसेर मृत्यु भएको हो । रोजगारीका लागि तीन वर्षयता केरलामा रहेका योङहाङलाई सोमबार बिहान ४ बजेतिर नेपियर (घाँसको एक प्रजाति) रोपिएको ठाउँमा गाईको गोबर फ्याँक्ने क्रममा विषालु सर्पले डसेको थियो ।
उपचार क्रममा हिजो साँझ मनकुमारको मृत्यु भएको उनका काका इन्द्र सुब्बाले जानकारी दिए । योङहाङका बुबा पनि रोजगारीका क्रममा केरलामै छन् ।
मनकुमारको शव नेपाल ल्याउने तयारी भइरहेको इन्द्रकले जानकारी दिए । मनकुमारका पत्नी र छोरी छन् ।