Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दशैं विदापछिको सिंहदरबार: सुनसान छन् मन्त्रालय

वडादशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालयहरु खुलेका छन् । तर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान नै छ ।

मंगलबार विहान ११ बजे सिंहदरबार छिर्दा मन्त्रालयमा छिटपुट्ट मात्र कर्मचारीहरु भेटिए । सिंहदरबारभित्रका सडकहरुमा न्यून मात्रामा सवारी साधन गुडेको देखिन्थ्यो । मन्त्रीका गाडीहरु हुइँकिएपनि कर्मचारीहरुको उपस्थिति न्यून थियो ।

Photo (18).jpg

फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका मन्त्रालयका ढोका खुलेपनि सबै मन्त्रालयका शाखा वा महाशाखाका कार्यकक्षमा कर्मचारीको उपस्थिति न्यून देखिन्थ्यो ।

Photo (14).jpg

मानिसहरुको आवतजावत भने बाक्लिएको छ । टाढा घर भएका कर्मचारीहरु काठमाडौं आइ नपुगेकाले मन्त्रालयहरु सुनसान रहेको कर्मचारीहरुले बताए ।  तर दशैँमा गाउँ गएकाहरु फर्कन थालेसँगै शहर बजार र सडकमा भने भीडभाड बढेको छ ।

Photo (9) (1).jpg

आवतजावतका लागि सडकहरु असहज भएकाले केही असजिलो भएको छ ।  दशैंको मुखमा प्राकृतिक विपत्तिका कारण धेरै राजमार्ग एवम सडकहरु पूर्ण रुपले संचालनमा आइसकेका छैनन् ।