Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

काठमाडौं उपत्यकामा बढ्दै सर्वसाधारणको चहलपहल

काठमाडौं उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजदेखि पुनः बढ्न थालेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सोमबार पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ । दसैँमा सुनसान देखिएका संघीय राजधानी काठमाडौंका सडकहरूमा हाल सवारीसाधनको संख्या विस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

Photo (16).jpg

उनका अनुसार, आज उपत्यकाका सडकमा निजी सवारीसाधन बढी देखिएका छन् । दसैँ अवधिमा काठमाडौं उपत्यकामा छिटपुटबाहेकका ठूला सवारी दुर्घटना नभएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए ।

उनले भने, “अन्य वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यकामा ठूला सवारी दुर्घटना भएनन् । हाम्रा लागि यही राम्रो कुरो हो । दसैँ सबैले राम्रोसँग मनाउन पाए, हामी खुसी छौँ ।”

Photo (13).jpg

हाल यहाँका सडकमा सवारीसाधन बढ्नुका साथै मानिसको आवतजावत क्रमिक रूपमा वृद्धि हुन थालेको छ । दसैँका निम्ति उपत्यकाबाहिर गएकाहरू पनि काठमाडौं फर्कने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।