Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

टीकाकै दिन अरिंगालको टोकाइबाट एकको मृत्यु, एक जना घाइते

बाजुरामा टीकाकै दिन दिउँसो अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छन् ।

मृत्यु हुनेमा बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–५ मनाका ६५ वर्षीय अंगे बडुवाल छन् । घाइते हुनेमा सोही गाउँका डम्मर साउदा छन् । अरिंगालको घर भत्काउने क्रममा गम्भीर घाइते भएका अर्का ६० वर्षीय स्थानीय डम्मर साउद प्राथमिक उपचारपश्चात् सामान्य भइसकेको स्थानीय बासीले जानकारी दिए । 

भैसीगोठमा अरिंगालले बनाएको घर भत्काउन खोज्दा अरिंगालको टोकाइबाट बडुवालको घटनास्थलमै मृत्यु भएको थियो भने साउद घरमै प्राथमिक उपचारपछि सामान्य भएको पारिवारिक श्रोतले जनाएको छ ।