Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

पहिरोले अवरूद्ध अरनिको राजमार्ग खुलाइयो

सुख्खा पहिरो खसेपछि अवरूद्ध बनेको अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।

 काभ्रेको पाँचखाल नगरपालिका–८ स्थित ५० किलो भन्ने स्थानमा सुख्खा पहिरो खसेको थियो । पहिरो पन्छाएर सडक सञ्चालन गरिएको काभ्रे प्रहरीले जनाएको छ । 

सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका पूर्वी भाग जोड्ने उक्त राजमार्ग अवरूद्ध भएपछि यात्रुहरू मर्कामा परेका थिए ।