पृथ्वीको उत्पत्ति, जीव विकास देखि मानव सभ्यताको क्रममा फिरन्ते, कविला क्रमशः व्यक्तिगत-जिजिविषा सामाजिक समूहमा रुपान्तरण भयो ।
बृहत्तर सामाजिक-समूहको प्रतिनिधित्व खातिर (सामाजिक-समूहको व्यवस्थापन निम्ति राजा-नीति, मुख्य-नीति, राज्यको-नीति) “सार्वभौम-संस्था“ हरुको संस्थागत सार्वभौम-प्रक्रिया/लोकतान्त्रिक/जनवादी-प्रक्रिया इतर समाजका चतुर/बर्चस्वशाली-पात्रहरु मात्र सिधै मुखिया/जिम्मावाल-नेता, निर्देशक/शासक-महाराजमा रुपान्तरण भयो ।
जनताको-जनवादी/लोकतान्त्रिक राज्यद्वारा नागरिकको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार आदि व्यवस्था नहुँदा; चेतनशील सर्वोच्च-सचेत जिजिविषा निम्ति स्वाभाविक स्वार्थी स्वभावतः वस्तु/पदार्थको अथाह संचिति पनि स्वाभाविक थियो, छ र रहन्छ । नेता-जिम्मावाल/मुखियामा रुपान्तरण जसरी पदार्थ/वस्तु विनिमयको माध्यमका क्रममा प्राधिकार प्रत्यायोजन गरेर मुद्राको सरल-प्रचलन पनि स्वाभाविक रह्यो । क्रमशः कृत्र सामाजिक “मुद्रा र नेता“ प्राकृतिक “पदार्थ र चेतन“ झैँ सार्वभौम इतर स्वभावतः वस्तु/पदार्थ-मुद्रामा र नेता/मुखिया-जिम्मावाल शासकमा रुपान्तरण भयो । दर्शनतः ’चेतन, अचेतन, प्रकृति र आत्मा’ को व्याख्या र विश्लेषण एवम् विवेकशील-भोगचलन गर्ने ज्ञान र विज्ञान नै पूर्वीय चिन्तन् हुन् ।
राग, द्वैष र मोह भंगका महानता वा निष्काम कर्मका अपेक्षा जो आत्मगत सून्य-आदर्श (अध्यात्मावाद) तथा आत्मा केन्द्रित मौलिक-अहंकार (भौतिकवाद) जो भौतिक भोगचलनका पराकाष्ठा आपस चरम भिन्नता छन् । अनमोल-चिन्तन आदर्शमै विसर्जन एवम् अनमोल-जीवन भोगचलनमै समापन ! दुवै दर्शन एकमनावादी पुरातन हुन् । केवल भोगचलनका पराकाष्ठा (सिमित पदार्थको-ज्ञान र मौलिक मनको-विज्ञान) परिणामतः निर्मम-आतंकवाद हुन् भने, जीवन र जगतको (चेतन र शरीरको) अनुभुतीजन्य साक्षीभाव भन्ने पाण्डित्य-आदर्श शाब्दिक अलंकार मात्र हुन् । दुवै-मार्ग स्वतः समानतावादी समाजवादको प्रवर्धन न कि विसर्जन उन्मुख छन् । तर, भ्रामक शब्द कोर्न सक्ने र शब्द ओकल्न सक्ने चातुर्यको सिमांक उर्फ-नेता/पण्डित्य-महाराजा न कि तथ्यगत समृद्धि र सत्मार्ग प्रणेता अभियान्ता जनवादी/लोकतान्त्रिक अपेक्षा हो ।
पुनश्चः लोकातित पूर्वजन्म वा पुनर्जन्मका फगत आदर्श न कि यसैजुनीमा आज; मुर्त-अभ्यास र अनुभुतीजन्य विचार/दर्शन नै सच्चाईमा जिवन्त वा यथार्थ समाजवादी सिद्धान्त हुन् । तर, धारण गरिएको राग र द्वैष भाव एवम् कर्म-संस्कार अर्थात् कर्म-फल भने अकाट्य छन् ।
अतः लोकतान्त्रिक/जनवादी-समाजवादी यस युगमा आज; प्राकृतिक मत्छेन्याय, कानुनी/संविधानिक न्याय, साम्प्रयायिक-सांस्कृतिक/सामाजिक न्याय लगायत दार्शनिक भौतिक/आध्यात्मिक मार्ग निर्धारण गर्दा अमुक-पात्रको निर्देशन (रक्तरंजित श्रीपेच या राता/काला श्रीपोशधारी फगत राजा/महाराजा) न कि समाजवादी सार्वभौम-समाजले स्वयम् सच्चा-समाजवाद निर्धारण गर्दछ, सार्वभौम संस्थागत स्वायत्तता चाँहि अपरिहार्य रहन्छ ।
यसरी, आदर्शवादी-अज्ञानता र अनमोल-जीवनलीलासंग (पक्षधर-भिडभाड) सत्ता-सम्झौता गर्ने व्यक्तिवादी (जड-भौतिक वा अमुर्त-आदर्श) उर्फ दुष्ट-परंपरा समाप्त संगै आधुनिक प्रविधियुक्त (डिजिटल-लोकतन्त्र) समाजवादी-मार्ग प्रसंस्त गर्न सकिन्छ, अपरिहार्य छ । समाजवादी ज्ञान र विज्ञानको (सार्वभौम-संस्था) अभावमा व्यक्ति प्रति प्राधिकार प्रत्यायोजन गर्ने अवैध/अनर्गल व्यक्तिवादी प्रचलन “बुलेट वा ब्यालेट“ तिर क्रमिक रुपान्तरणका निरन्तरताले हत्या-हिंसा-भ्रष्ट र आतंक आदि जे-जसरी जिम्मावाल/मुखियाहरुको पुरातन संस्कार/संस्कृति क्रमिक व्यक्तिगत नियती हुँदा, व्यक्तिगत-सत्ताको धन्दा गर्ने दुष्ट-प्रवृतीको “आकासे-खेती“ गतानुगत अकबर र वीरबलकै यथावत अवशेष आज; शासक-महाराज नियतीमा रुपान्तरण हुँदै, सर्वत्र मौज्दात “दलाल-ठालुवाद“ विश्वभर अध्यक्ष/सभापति-पदभार (उर्फ-अकबर र वीरबल) ग्रहण गह्यो । हो, जिजीविषाको बाध्यात्मक गर्भबाट नै समाजवादी-राज्य व्यवस्थाको जन्म जसरी वस्तु/पदार्थ विनिमयको मुद्रागत मुल्यांकन पनि स्वाभाविक सरल सार्वभौम विनिमयका सिद्धान्त हुन् । तर सार्वभौम-प्रक्रिया इतर अमुक एक-मुद्रा र अमुक एक-नेता/मुखियाद्वारा समग्र-समाज नियन्त्रण गरीगराई उर्फ अव्यवस्थित मुद्रा र व्यक्तिगत सत्ताद्वारा विश्व-मानवीय समाज नै कब्जा भने अवैध प्रसंग हुन् ।
सार्वभौम खुल्ला स्वतन्त्र प्रतिस्पर्धात्मक बजार व्यवस्था र सार्वभौम समाजवादी मूल्य र मान्यता सहित विधिवत बाध्यकारी आचारसंहिताद्वारा समग्र-समाज व्यवस्थापन गर्दा मात्र लोक-कै-तान्त्रिक संस्थागत विज्ञान स्थापित हुन्छ । मुद्रागत मनोमालिन्यता तथा व्यक्तिगत सत्ताद्वारा विश्व समाजवादी-संस्था स्वतः समाप्त हुन्छ र सोही पुरातन व्यक्तिवादी संस्करण उपज आज, लोकतान्त्रिक/जनवादी सार्वभौम-मानवीयताको अधोगति सर्वत्र अभ्यस्त छ।
जबरजस्त पुरातन मुद्रा र व्यक्तिगत सत्ताका अवैध-वितण्डाद्वारा अथाह संचितिका सामन्ती-प्रथा मार्फत सर्वत्र-व्याप्त दलाल-ठालुवादी विरासत श्रीगणेश भयो । समाजवादी-शास्त्रसंगत अर्थात् विज्ञानसंगत लोकतन्त्र र समाजवादी प्रमाण पुष्टि गरी समाजमै पारदर्शी पक्षपण नगरी व्यक्तिवादी चतुर मनुवाहरुको व्यक्तिवादी राजनीतिक आपराधिक-धन्धा सुरु भयो ।
पुनश्चः राजनीतिक शास्त्रको शास्त्र-संगत (विज्ञान-संगत) जनवादी/लोकतान्त्रिक-प्रमाण समेत उर्फ शक्तिशाली मुद्रा र नेता/जिम्मेवालद्वारा अपहरण भयो । रोम सभ्यताबाट उजागर साझा-संस्था कंग्रेस वा साझा-पेरिस कम्युन व्यक्तिमै समर्पण भयो । विविध मानवीय-समाजवादी दर्शनतः बुद्ध/कृष्ण/जिसस/महावीर/मोहम्मद/गुरु नानक...आदि विवेकशील संस्कार/संस्कृति/सभ्यता अन्तर्गतर्; 'बुद्ध-मार्ग' राग र द्वैष रहित चित्त (सिद्धार्थ, दुःख निरोध संकल्प), इसाई-मार्गः परमेश्वरको-पुत्र (जिसस, आत्मा-पबित्र), हिन्दु-सनातनः ब्रह्माण्ड-विधान (ब्रह्मा, विष्णु, महेश्वर-स्वआत्मा पर-आत्मा समता), इस्लामः ईश्वरमा-आत्मसमर्पण (पैगम्बर-मुहम्मद), जैनः भाव-समग्रता (ऋषभ देव, प्राध्यापक-महावीर), सिखः प्रकृति पुजक (गुरु नानक), जिवन र जगतमा धर्म/साम्प्रदायिक चिन्तन/सिद्धान्त आत्मिक-भाव मुलतः सारभूत समग्र संयोजन/संश्लेषण/समायोजन/समिश्रण गरिएको छ, तत्वतः “सर्वोच्च-चेतन“ भित्र अनमोल-विवेक“ रुपी मानवीय सुगन्ध भेटिन्छ ।
अतः मानवीय-समाजमा भौतिक-आध्यात्मिक समग्र संयोजन कर्ता “कर्मयोगी-मनुवा“ स्वतः उच्च/सर्वोच्च देखिन्छ । तर व्यक्तिवादी सत्ता र शक्तिद्वारा आदि/इत्यादि सर्वोच्च-मानवीय चिन्तन/दर्शन समेत खरिद/बिक्री भयो । भौतिक-पदार्थ या आध्यात्मिक-आदर्श इत्यादि मूर्ति/आकृति पनि मुद्रा मै रूपान्तरण हुँदै, “अन्तरआत्माको-यात्रा“ पवित्र अध्यात्म-क्षेत्र (बस्तु या व्यक्तिको प्राकृतिक स्वभाव) समेत फगत आदर्शवादी र उपभोक्तावादी द्वन्दात्मक आतंकमा परिभाषित भयो ।
यसरी, कथित अध्यक्ष/सभापतिको व्यक्तिवादी आतंकका निरन्तरता अन्तर्गत भौतिक-आध्यात्मिक समग्र “कम्युन वा कंग्रेस“ आदि सार्वभौम संघ/संस्थाहरु व्यक्तिवादी-सत्ता अन्तर्गत क्षेत्रगत दलाल अन्ततः अमुक “पात्र-अवतार“ घोषित भए । अपितु, न शरीर धारण या धरतीमा अवतरण (भगवान) न त अमुक (मुखिया-जिम्मावाल) दलाल-शासक सभामुख/सेवक/संयोजकमा रुपान्तरण न त लोकतान्त्रिक-समाजवादी “विधि-विधान“ को शास्त्र-संगत (विज्ञान-संगत) प्रमाण समाज मै पक्षपण ! तर दुःखद् प्रसंग; विश्वभर खास जनवाद या लोकतन्त्र वा समाजवादी समाजवाद अलावा केवल शाब्दिक-नारा तथा श्रमजीवि/सर्वहारा लुटेरा दलाल-ठालु (कथित अध्यक्ष/सभापति) शासक नवशासक मै रुपान्तरण मौजुदा कटु-यथार्थ हुन् ।