Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

डा‍. भट्टराईले गोर्खा पुगेर बुबाको हातबाट लगाए टीका

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि दशैँको टीका लगाएका छन् । 

आफ्नो  पुख्यौली गाउँ गोरखामा पुगेर आफ्ना बुबा भोजप्रसाद भट्टराईको हातबाट उनले दशैँको टीका जमरा लगाएका हुन् ।

यस्तै आफूले करिब ३० वर्षपछि आफ्नो पुर्ख्यौली गाउँमा पुगेर दशैँ मनाएको समेत उनले बताएका छन् । डा.भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन्, ‘२०५२ सालपछि पहिलो पटक गाउँलेहरूका साथ दशैँ मनाउँदा अपार हर्षको अनुभूति भएको छ ।’