Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

टीकाको उत्तम साइत बिहान ११ः३६ बजे, कुन दिशा फर्केर लगाउने?

दशैंको मुख्य दिन आज शनिबार विजया दशमी । यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । दशमीमा टीका, जमरा लगाउने र मान्यजनबाट आशिष लिने चलन छ ।

आज बिहान ११ बजेर ३६ मिनेटमा टीकाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । उत्तम साइतमा नभ्याए पनि विजया दशमीको दिन बिहानैदेखि टीका लगाउन बाधा नपर्ने भएकाले साइत कुर्न नपर्ने र आज दिनभर नै टीका लगाउन सकिने समेत समितिले जनाएको छ ।

चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाई दिने पश्चिम फर्केर लगाइ दिँदा राम्रो मानिन्छ । नेवार समुदायले यो दिन मोहनी नखः मनाउने चलन छ । ९ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरी उमारिएको नल स्वा अर्थात् जमरा लगाउने चलन छ ।