Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दसैं मनाउने बेला ५५ हजारले छाडे देश

हिन्दुहरुको महान पर्व दशैं घर घरमा भित्रिरहेका बेला वैदेशिक रोजगारीका लागि जाने युवाको संख्यामा कुनै कमी आएको छैन । 

असोजमा परेको दशैं नमनाई यही महिनाको २२ सम्म ५५ हजारले देश छाडेका छन् । श्रमस्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दशैं नमनाई विदेशिएका हुन् । 

गत वर्ष दशैं परेको महिना विदेश जानेको संख्या ५१ हजार थियो । टिकट, भिसा र करार सम्झौता अनुसार बाध्य भएर वैदेशिक रोजगारी जानुपर्ने मात्र दशैंको मुखका विदेश गएका हुन् । वैदेशिक रोजगार विभागकाअनुसार असोजमा विदेश जानेमध्ये ७० प्रतिशत नयाँ रहेका छन् ।

दशैंअघि साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेको संख्या लगभग १ लाख ७३ हजार पुगेको छ । दशैंको मुखमा विदेश जानेभन्दा दशैं मनाउन स्वदेश आउनेको संख्या बढी हुने भएपनि परिवार छोडेर रोजगारीकै लागि विदेश जानेहरुको संख्या विमानस्थलमा अत्याधिक देखिन्छ ।