Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

पुण्य गौतमलाई रड प्रहार गरेको आरोपमा दुई जना पक्राउ

अभियन्ता पुण्य गौतमलाई रड प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार सञ्जीव तामाङ र दिलबहादुर गङदान पक्राउ परेका हुन् । तामाङ काभ्रे तेमाल घर भई भक्तपुरको च्यामासिंह बस्छन् ।

गङदान रसुवा घर भई गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्छन् । उनीहरूले गौतमलाई घाइते बनाएर फरार भएका थिए । उनीहरूबाट प्रहरीले एउटा रड र तीन वटा मोबाइल पनि बरामद गरेको छ ।

एसपी अधिकारीका अनुसार उनीहरूमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका दिलबहादुर गङदाङ मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।