Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दशैं मनाउन काठमाडौं उपत्यकाबाट ८ लाखभन्दा धेरै यात्रु बाहिरिए

दशैं मनाउन काठमाडौं उपत्यकाबाट ८ लाखभन्दा धेरै यात्रु बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार अहिलेसम्म ८ लाख यात्रु दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका हुन् । यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ ।

HRB_KTM_IMG_4758.jpg

यस वर्षको दसैंमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

शुक्रबारसम्म दशैंका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्यांक आउन बाँकी छ ।