मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा २८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार भीमफेदी गाउँपालिका–४ स्थित गोल्फिनबेसीमा काठमाडौंबाट जनकपुर जाँदै गरेको बा. ३ख २७२३ नम्बरको मिनीबस दुर्घटना भएको हो ।
गम्भीर घाइते ६ सहित आठ जनालाई थप उपचारका लागि चितवन पठाइएको प्रवक्ता अर्यालले जानकारी दिए। दुर्घटनामा परेका कसैको पनि पहिचान खुलेको छैन ।
हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ज ९८३ नम्बरको ट्याक्सी र बस आपसमा ठोक्किएर बा. २ ज ८० नम्बरको अर्को ट्याक्सीसँग ठोक्किएपछि बस सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो । घटनाको थप विवरण आउन बाँकी रहेको प्रवक्ता अर्यालले बताए ।
बस ब्रेक फेल हुँदा सोही स्थानमा दुईवटा कार समेत ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।