Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना

दोलखाको भीमेश्वर–८ बोचमा यात्रु बस दुर्घटना हुँदा १५ जना बढी यात्रु घाइते भइएका छन् । 

काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जरी सडकखण्डअन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना भएको हो ।

प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ । 

घाइतेको चरिकोटस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।