Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दशैंमा अहिलेसम्म कतिले छाडे काठमाडौं उपत्यका?

यस बर्ष दशैंमा राजधानी छाड्नेको संख्या गत वर्षको भन्दा आधाले घटेको छ । 

असहज राजमार्ग र टिकट पाउन समेत समस्या भएका कारण यो वर्ष दशैंको समयमा राजनीति छाड्नेको संख्या ह्वातै घट्ने देखिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार २८१ जनाले दशैका लागि काठमाडौं छाडेका छन् । 

पछिल्लो २४ घण्टामा एक लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिएका छन् । गत वर्ष यहि अवधिमा १० लाखभन्दा बढीले राजधानी छाडेका थिए । काठमाडौं जोड्ने अधिकांश राजमार्ग अविरल वर्षाका कारण क्षतविक्षत भएपछि यस बर्ष दशैंमा राजधानी छोड्नेको संख्या आधाले घटेको हो ।

अहिले पनि बाढीले सडक बगाएका अरनिको राजमार्ग, वीपी राजमार्ग सञ्चालन हुन सकेका छैनन् । यातायात व्यवसायीले दशैंको अग्रिम टिकट खुलाए पनि सहज रुपमा पाउन नसकेको यात्रुले गुनासो गरेका छन् । धेरैले हवाइ यात्रा गर्दै दशैंका लागि गाउँघर फर्किएका छन् ।