Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दशैं बिदामा आयोग खुला रहने

राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं विदामा पनि खुला रहनेछन् ।

आयोगका अनुसार बिहान ११.०० बजेदेखि दिउँसो २.०० वजेसम्म कार्यालयहरु खुला रहने छन् । आयोगले आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा भौ यस वर्षको विदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको जनाएको छ । 

आयोगले यस अवधिमा आयोगले मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने छ ।