मरुभूमिमा पाइने उँट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा भेटिएको छ ।
मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो । उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन । उँट बस्तीमा देखिएपछि स्थानीय त्रसिद भएका छन् ।
नेपालका जंगलमा नपाइने भएकाले भारतबाट ल्याएर कसैले पाल्दै आएको उँट फुत्किएर भागेको हुन सक्ने अनुमान गरिएको छ । उँट क्यामेलस प्रजाती अन्तरगत पर्ने एक खुरधारी तथा स्तनधारी घरपालुवा जनावर हो। यो अरवियन र ब्याकट्रियन गरी दुई प्रजातिका हुन्छन्।
उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ । उँट विशेष गरी मरुभूमिमा पाइने जनावर हो ।