Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

पर्यटक लिएर कञ्चनजंघा बेसक्याम्प हिंडेका राई पहिरोमा पुरिए

ताप्लेजुङको कञ्चजंघा बेस क्याम्पतर्फ पर्यटक लिएर जाँदै गरेका एक व्यक्तिको पहिरोले पुरेर मृत्यु भएको छ । 

फक्ताङलुङ गाउँपालिका ६ सेखाथुमबाट काञ्चजंघा बेसक्याम्पतर्फ जानेक्रममा इटहरा भन्ने ठाउँमा माथिबाट पहिरो खरेपछि हिँडिरहेका संखुवासभाको सिलिचोङ गाउँपालिका ५ बस्ने ४० वर्षका टिकाबहादुर राईको मृत्यु भएको जल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक विवेश बस्नेतले बताए ।

 ट्रेकिङको लागि जापानबाट आएका तीन जना नागरिकसँग एक गाइड, एक कुक र १३ भरिया थिए ।

 उनीहरुमध्ये पहिरोले पुरेर कुक (खाना काउने) राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।