Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

हेटौंडामा आठ किलो सुनसहित दुई जना पक्राउ

हेटौंडाबाट आठ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्थान बस्ने वर्ष २७ को राहुल भिट्टिहाल बाड रहेका छन् ।

शनिबार बिहान ३ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१५ रातोमाटे चेकपोष्ट स्थित पूर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा सुन फेला परेको थियो ।

बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।  

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका दुवै जना यसअघि पनि सुन कारोबारमा संलग्न रहेको बुझिएको छ ।