Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

लमजुङ जाँदै गरेको हाइलक्स दुर्घटना

काठमाडौंबाट लमजुङ जाँदै गरेको हाइलक्स शिवपुरी ८ काफलडाँडामा दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त बा १४ च ३८५४ नम्बरको हाइलक्स गाडीमा ६ जना सवार थिए ।

प्रहरीका अनुसार, दुर्घटनामा एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । त्यस्तै, हाइलक्समा सवार अन्य चार जना सकुशल रहेका छन् । घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ ।  

गाडी आज बिहान करिब ८ बजे टोखा–छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो ।उनको सनाखत नभएको प्रहरीले जनाएको छ । यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकहरुले टोखा–छहरे सडक प्रयोग गर्ने गरेका छन् ।

दुर्घटना भएको गाडी पनि टोखा–छहरे सडक प्रयोग गरेर काठमाडौंबाट लमजुङ जाँदै थियो । उक्त गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ ।