Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

नेपालका बाढी–पहिरो पीडितलाई चिनियाँ रेडक्रसको एक लाख अमेरकी डलर सहयोग

नेपालका बाढी–पहिरो प्रभावित जनतालाई चिनियाँ रेडक्रस सोसाइटीले एक लाख अमेरिकी डलर सहयोग गरेको छ । 

विपदमा परेका नेपाली नागरिकको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले बुधबार नेपाल सरकारको विपद् राहत कोषमा एक लाख अमेरिकी डलर सहयोग गरेको हो ।

नेपालका लागि चीनका राजदूत चेन सङले गृहमन्त्री रमेश लेखकमार्फत उक्त रकमको चेक नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेका हुन् । त्यसक्रममा उनले विपद्मा नेपाललाई चिनियाँ सरकारको साथ रहेको बताए । 

विपद् प्रभावितलाई थप सहयोग गर्न चीन तयार रहेको राजदूत सोङले बताएका छन् ।