Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

नागरिक उड्डयान प्राधिकरणको मुख्यालयमा अख्तियारको छापा

सिनामंगलस्थित नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान)को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवन निर्माणमा अनियमितता भएको उजुरीपछि अख्तियारको टोलीले केहीबेरअघि छापा मारेको हो । 

अख्तियारको टोलीले कार्यालयबाट कागजपत्र जफत गरेर लगेको छ ।  चार अर्ब लगानीमा बनेको उक्त भवन निर्माणमा १ अर्ब बढी भ्रष्टाचार भएको आरोप छ । 

भवनको ‘सि ब्लक’  निर्माणकै क्रममा एकातर्फ ढल्किएको थियो । अख्तियारमा परेको उजुरीमा कमसाल सामाग्री र प्राविधि प्रयोग गरी भवन बनाएर क्यान नेतृत्वले अनियमितता गरेको दावी गरिएको छ ।