Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

एक लाख धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा धरौटीमा भएका छन् । काठमाडौँ जिल्ला अदालतमा १ लाख रुपैयाँ धरौटी बुझाएर मंगलबार रिहा भएका हुन् ।

सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो ।

काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुई वटा मुद्दामा ५०–५० हजार धरौटीमा छाड्न आदेश दिएका हुन् । 

प्रसाईंलाई प्रहरीको साइबर ब्युरोले असोज ६ गते भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो ।