Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि नै पूर्ण रूपमा बन्द हुने

सडक भास्सिँदा विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढल्यो

महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि नै पूर्ण रूपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले एक सूचना जारी गर्दै १५ असोज राति १० बजेदेखि १६ असोज बिहान ५ बजेसम्म बर्दघाट–दाउन्ने सडक पूर्ण रूपमा बन्द हुने जानकारी दिएको हो ।

बर्दघाट नगरपालिका–४ दाउन्ने जंगलको खुर्साने खोलामा रिटेनिङ वाल भत्किएको छ भने करिब ४ सय मिटर सडक भास्सिएको छ । सडक भास्सिँदा विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढलेको छ ।

सोमबार साँझबाट अवरुद्ध बाटो रातभर काम गरी मंगलबा बिहान पौने ९ बजे एकतर्फी खुला गरिएको थियो । तर, सडक मर्मत गरी सहज यातायात खुलाउने प्रयोजनका लागि मंगलबार रातभरि बन्द गरिने प्रशासनले जनाएको छ । 

११.jpg