Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बाढी–पहिरोमा ज्यान गुमाएकाको परिवारलाई दुई लाख दिने सरकारको निर्णय

मन्त्रीको एक महिना र सांसदको १५ दिनको तलब दैवी प्रकोप उद्धार कोषमा

सरकारले बाढी–पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

 आज सोमबार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले विपद्जन्य घटनाबाट ज्यान गुमाएका परिवारलाई राहतस्वरुप २ लाख दिने निर्णय गरेको हो ।

त्यस्तै प्रधानमन्त्री ओलीले भोलि मंगलबार पत्रकार सम्मेलनमार्फत राहतका अन्य प्याकेज घोषणा गर्ने निर्णय पनि गरिएको छ ।

मन्त्रीले एक महिना र सांसदले १५ दिनको तलब दैवी प्रकोप उद्धार कोषमा

सरकारका मन्त्रीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको र सांसदहरूले १५ दिनको तलब जम्मा गर्ने भएका छन् ।

बर्षापछि देभैभर बाढी–पहिरोले पुर्‍याएको क्षतिका लागि राहत दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।