Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

धादिङ मलेखुमा सुख्खा पहिरोः मुग्लिन–नारायणगढ सडक रातभर नखुल्ने

पृथ्वी राजमार्ग पहिरोले पूर्ण अवरुद्ध भएको छ । धादिङको मलेखु नजिक परेवा भिरमा आएको पहिरोका कारण सडक दुइतर्फी बन्द भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

सोमबार साँझ साढे ७ बजे गएको पहिरो पन्छाउन सुरक्षा निकाय खटिरहेको भएपनि राति नै पन्छ्याउन नसकिने अवस्था रहेको प्रहरीले जानकारी दिएको छ । 

साथै प्रहरीले सम्पूर्ण सवारी चालकहरुले आ–आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी राख्न अनुरोध गरेको छ ।