Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

विकल पौडेलविरुद्ध फेरी अर्को मुद्दा, १ अर्ब ८६ करोडको विगो दावी

भ्रष्टाचार मुद्दामा कारागारमा रहेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलविरुद्ध फेरि अर्को मुद्दा दायर भएको छ ।

 राजश्व अनुसन्धान विभागले पौडेलविरुद्ध १ अर्ब ८६ करोडको विगो दावीसहित मुद्दा दायर गरेको हो ।  विभागले सोमबार पौडेलविरुद्ध विदेशी विनिमय अपचलन कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

यसअघि एक साता अघि ७ असोज २०८१ मा पौडेलविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धानले हुन्डी कारोबारसम्बन्धी मुद्दा दायर गरेको थियो ।  भ्रष्टाचार गरेको पैसा हुन्डीमार्फत अमेरिका पठाएको देखिएपछि उनीमाथि सिआइबीले अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा हुन्डी कारोबार खुलेको थियो।  अख्तियारकै पत्रका आधारमा अनुसन्धान गरी  एक करोड ४६ लाख ६६ हजार बिगो कायम गरी मुद्दा दायर भएको थियो ।