शनिबार बिहानको पहिरोका कारण अवरुद्ध काठमाडौं–धादिङ सीमानामा पर्ने त्रिभुवन राजमार्गअन्तर्गत झ्याप्ले खोलाको सडक खुलेको छ ।
आज आइतबार साँझ साढे ७ देखि दुईतर्फी रूपमा सडक खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सो स्थानमा पहिरोले सवारीसाधन पुरिँदा ३५ जनाको मृत्यु भएको छ ।
सडक खुलाउन शनिबार साँझदेखि सुरक्षाकर्मी निरन्तर खटिएका थिए ।