Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रधान सेनापति र चीनका राजदूतबीच भेटवार्ता, के-के भयो कुराकानी?

प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको छ ।

जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउ योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको समेत जनाइएको छ ।